libretube/content/wp-content/uploads/article/subtitles/2008/09/happy-birthday-to-gnu-nepali.vtt

366 lines
15 KiB
WebVTT

WEBVTT
1
00:00:00.000 --> 00:00:01.999
कम्प्युटर
2
00:00:02.000 --> 00:00:05.999
जबदेखी मैले आफ्नै कम्प्युटर किन्न सक्ने भए, तबदेखि नै मलाई कम्प्युटर मनपर्छ ।
3
00:00:06.000 --> 00:00:08.999
यो उहिले, जब आधुनिक कम्प्युटर युगको शुरुवात भयो, तबको कुरा हो
4
00:00:09.000 --> 00:00:10.999
सन् ८० को दशकमतिर
5
00:00:11.000 --> 00:00:13.999
र यो क्रममा मैले धेरै थरीका कम्प्युटरहरु चलाएं
6
00:00:14.000 --> 00:00:16.999
र मैले, सार्वजनिक रुपमै एक वा अर्को थरीको कम्प्युटरप्रति आफ्नो झुकाव व्यक्त गरेको छु ।
7
00:00:17.000 --> 00:00:23.999
तर हालसालै, धेरै मानिसहरुलाई जस्तै मलाई पनि यो स्वतन्त्र सफ्टवेयर को नारा प्रति चासो बढेको छ ।
8
00:00:24.000 --> 00:00:25.999
यो के हो भन्ने बारेमा धेरै भ्रम छन् ।
9
00:00:26.000 --> 00:00:27.999
र म यसकुरालाई स्पष्ट पार्न चाहन्छु ।
10
00:00:28.000 --> 00:00:30.999
किनकी यो एउटा वार्षिकोत्सवको समय हो,
11
00:00:31.000 --> 00:00:33.999
र म सबलाई यो उत्सव मनाउन आह्वान गर्दछु
12
00:00:34.000 --> 00:00:35.999
र स्वतन्त्र सफ्टवेयरमा भर पर्न अनुरोध गर्दछु ।
13
00:00:37.000 --> 00:00:38.999
यदि तपांइको धरमा
14
00:00:39.000 --> 00:00:40.999
पानीको पाइप छ भने,
15
00:00:41.000 --> 00:00:42.999
तपांईलाइ त्यो कसरी जडान गरिएको छ भन्ने बारे ज्ञान नहोला,
16
00:00:43.000 --> 00:00:44.999
तर तपांईको साथीलाइ यसबारे ज्ञान हुन सक्छ
17
00:00:45.000 --> 00:00:46.999
र उसले तपांईलाइ एउटा धारा बदल्ने वा पाइप थप्ने सुझाव दिन सक्छ,
18
00:00:47.000 --> 00:00:50.999
वा कुनै ठांउमा भल्भ फेर्ने सुझाव दिन सक्छ ।
19
00:00:51.000 --> 00:00:52.999
त्यो गरेर तपांइले कुनै कानुन मिचिरहेको त ठहर्दैन नि, ठहर्छ र ?
20
00:00:53.000 --> 00:00:54.999
किनकी त्यो तपांइको घर हो र ती पाइपहरु पनि तपांइकै हुन् ।
21
00:00:55.000 --> 00:00:56.999
तर तपांइ आफ्नो कम्युटरसंग त्यस्तो गर्न सक्नुहुन्न ।
22
00:00:57.000 --> 00:00:59.999
तपांइको कम्पुटरको अपरेटिङ् सिस्टम संग तपांइ खेल्न पाउनुहुन्न ।
23
00:01:00.000 --> 00:01:06.999
र आफ्नो अपरेटिङ् सिस्टम बारे तपांइका केही विचारहरु छन् भने ती तपांइ अरुसंग बाँड्न सक्नुहुन्न ।
25
00:01:07.000 --> 00:01:11.999
किनकी apple र microsoft, जसले सबभन्दा चर्चित दुई अपरेटिङ् सिस्टम बनाउँछन्
26
00:01:12.000 --> 00:01:14.999
अनि ती अपरेटिङ् सिस्टम माथी आफ्नो स्वामित्वको बारे एकदम अडिग छन्,
27
00:01:15.000 --> 00:01:17.999
र अरु कसैले चाहेर पनि यसबारेमा केही गर्न सक्दैन ।
28
00:01:18.000 --> 00:01:19.999
अब यो कुरा तपाँइलाई स्वभाविक लाग्न सक्छ :
29
00:01:20.000 --> 00:01:21.999
"ती कम्पनी हरुले त्यसो किन नगरुन त ?"
30
00:01:22.000 --> 00:01:23.999
तर वास्तवमा, तपाँइले आफुले चाहेको कुरा गर्न किन नपाउने त ?
31
00:01:24.000 --> 00:01:31.999
र केही गर्न चाहनेहरुको समुदायले परिवर्तन, सुधार र सहकार्य गर्न किन पाउँदैनन् ?
32
00:01:32.000 --> 00:01:33.999
आखिर विज्ञनले यसरी नै प्रगति गर्दै आएको छ...
33
00:01:34.000 --> 00:01:35.999
ज्ञनको भन्डार पुरै स्वतन्त्र हुन्छ।
34
00:01:36.000 --> 00:01:37.999
र असल विज्ञानमा सबै ज्ञान बाँडिन्छ, आदान-प्रदान गरिन्छ ।
35
00:01:38.000 --> 00:01:39.999
यदि त्यस्तो गरिन्न भने -- त्यो विज्ञान खराब हुन्छ
36
00:01:40.000 --> 00:01:42.999
र यो एक किसिमको मनपरी हो ।
37
00:01:43.000 --> 00:01:44.999
खास, यो साब कसरी शुरु भयो भन्दाखेरी
38
00:01:45.000 --> 00:01:46.999
एकजना रिचार्ड स्टलम्यान भन्ने व्यक्तिले
39
00:01:47.000 --> 00:01:49.999
२५ वर्ष अधि निधो गरे
40
00:01:50.000 --> 00:01:53.999
पुरा रुपमा शुरुबाटै एक नयाँ अपरेटिङ् सिस्टम बनाउछु भनेर ।
41
00:01:54.000 --> 00:01:59.999
यो अपरेटिङ् सिस्टम लाई उनले GNU नामाकरण गरे, जसको पुरा रुप "GNU is Not Unix" हो
42
00:02:00.000 --> 00:02:01.999
किनकि यो Unix अपरेटिङ् सिस्टम होइन,
43
00:02:02.000 --> 00:02:04.999
यो धेरै किसिमले Unix जस्तै छ ,
44
00:02:05.000 --> 00:02:10.999
तर यसको हरेक तत्व, हरेक भाग, code को हरेक सानो हिस्सा
45
00:02:11.000 --> 00:02:13.999
(र यो एकदम विशाल code हो, किनकि यो धेरै थरीका कम्प्युटरमा चल्नु परछ)
46
00:02:14.000 --> 00:02:19.999
यसको सन्चाल र देखभालको सम्पुर्ण जिम्मा समुदायले लिएको छ , ती सबै coders हरुको समुदाय
47
00:02:20.000 --> 00:02:25.999
जसलाई GNU समुदायमा स्वागत गरिन्छ, software लाई सुधार्न सहयोग गर्नको लागि ।
48
00:02:26.000 --> 00:02:31.999
GNU का हरेक वितरण, जसलाई "distro" भनिन्छ ,
49
00:02:32.000 --> 00:02:34.999
तिनिहरु सबको परिक्षण, प्रयोग र सुधार गरिन्छ
50
00:02:35.000 --> 00:02:39.999
ति मानिसहरुद्वारा, जसको एकमात्र स्वार्थ एक उत्कृष्ट अपरेटिङ् सिस्टम बनाउनु हो
51
00:02:40.000 --> 00:02:45.999
जसलाई विभिन्न थरीका कम्प्युटरहरुमा, सकेसम्म धेरै मानिसहरुले प्रयोग गर्न सकुन ।
52
00:02:47.000 --> 00:02:53.999
अनि, एउटा समय आयो जब अपरेटिङ् सिस्टम को केन्द्रिय हिस्सा, जसलाई कर्णेल भनिन्छ, त्यो लेखिनु पर्ने भयो ।
53
00:02:55.000 --> 00:02:56.999
एकजना लिनस टोर्भाल्ड्ल्स् नामका व्यक्ति, जसको बारेमा तपाँइले सुन्नुभएको होला,
54
00:02:57.000 --> 00:02:58.999
उनले कर्णेल लेखे र त्यो कर्णेलको नाम उनकै नाममा राखियो ,
55
00:03:00.000 --> 00:03:01.999
लाइ - नक्स
56
00:03:03.000 --> 00:03:04.999
अथवा लिनक्स, जसरी केही मानिसहरु यसलाई उच्चारण गर्छन् ।
57
00:03:07.000 --> 00:03:08.999
र निनक्स भनेको कर्णेल हो, जुन GNU मा काम गर्छ
58
00:03:11.000 --> 00:03:12.999
र म यहाँ छु,
59
00:03:14.000 --> 00:03:19.999
खालि तपाँइहरुलाई यो याद दिलाउन कि GNU र लिनक्स दुई खम्बा हुन् स्वतन्त्र सफ्टवेयर समुदायको,
60
00:03:20.000 --> 00:03:21.999
त्यस्तो मान्छेहरुको समुदाय जो यो विश्वास गर्छन् की सफ्टवेयर स्वतन्त्र हुनुपर्छ,
61
00:03:24.000 --> 00:03:25.999
र यो कुरा महत्वपुर्ण छ ,
62
00:03:26.000 --> 00:03:27.999
कि प्रयोगकर्ताहरुको समुदाय सफ्ट्वेयर ग्रहण गर्न स्वतन्त्र हुनुपर्छ,
63
00:03:28.000 --> 00:03:35.999
त्यसलाई अपनाउन, परिमार्जन गर्न, सुधार गर्न र ती सुधारहरु वितरण गर्न स्वतन्त्र हुनुपर्छ,
64
00:03:36.000 --> 00:03:37.999
विज्ञान जस्तै ।
65
00:03:38.000 --> 00:03:39.999
यसको मुख्य तात्पर्य यही हो ।
66
00:03:40.000 --> 00:03:42.999
ठीक त्यसरी नै, जसरी असल वैज्ञानिकहरु सबैकुरा साझेगारी गर्छन, र सबै ज्ञान खुला अनि स्वतन्त्र राख्छन्,
67
00:03:43.000 --> 00:03:44.999
अपरेटिङ् सिस्टम र कम्प्युटर सफ्टवेयर पनि त्यस्तै हुनुपर्छ ।
68
00:03:46.000 --> 00:03:47.999
यदि तपाँपनि GNU को समर्थक हुनुहुन्छ भने,
69
00:03:48.000 --> 00:03:50.999
यदि तपाँइ लिनक्सको समर्थन गर्नुहुन्छ भने, र फ्रि सफ्टवेयर फाउन्डेसनलाई मानपराउनुहुन्छ भने,
70
00:03:52.000 --> 00:03:55.999
तपाँइलाई लागिरहेको होला, "ठीक छ, तर म के गर्न सक्छु?"
71
00:03:56.000 --> 00:04:00.999
तपाँइले गर्न सक्ने सबैभन्दा सजिलो काम आफ्नो कम्प्युटरमा GNU/Linux अपरेटिङ् सिस्टम प्रयोग गर्नु हो ।
72
00:04:01.000 --> 00:04:02.999
यो तपाँइले सोचेभन्दा धेरै सजिलो छ ।
73
00:04:03.000 --> 00:04:06.999
"gnu.org" वेवसाइटमा जानुहोस र आफुलाइ सुहाउने अपरेटिङ् सिस्टम छ कि भनेर खोज्नुहोस् ।
74
00:04:07.000 --> 00:04:09.999
सायद, यदि तपाँइलाई राम्रो graphical user interface मनपर्छ भने,
75
00:04:10.000 --> 00:04:13.999
केही यस्तो तपाँइलाई मनपर्न सक्छ : g-New-Sense, gNewSense
76
00:04:14.000 --> 00:04:16.999
त्यो तपाँइ gnu.org मा भेट्टाउन सक्नुहुनेछ ।
77
00:04:17.000 --> 00:04:18.999
अथवा, यदि तपाँइ साँच्चिकै ॒॒॒॒॒॒॒॒॒॒॒॒तगडा कम्प्युटर जान्नुहुन्छ भने,
78
00:04:19.000 --> 00:04:20.999
तपाँइ आफै coding गर्न सक्नुहुन्छ ।
79
00:04:21.000 --> 00:04:22.999
ज्ञानको सागरमा तपाँइलाई आफ्नो योगदान दिन मन लाग्ला,
80
00:04:23.000 --> 00:04:25.999
जसको फलस्वरुप नै GNU र निनक्स अहिलेको स्थितिमा छन् ।
81
00:04:26.000 --> 00:04:27.999
जसरी भएपनि,
82
00:04:28.000 --> 00:04:29.999
मलाई आशा छ, तपाँइ म सँग हातेमालो गर्नुहुनेछ
83
00:04:30.000 --> 00:04:32.999
GNU लाई उसको पच्चिसौँ जन्मदिनमा शुभकामना व्यक्त गर्न ।
84
00:04:33.000 --> 00:04:34.999
यो अहिले नै गरिहालौँ न ....
85
00:04:38.000 --> 00:04:39.999
जन्मदिनको शुभकामना, GNU !
86
00:04:40.000 --> 00:04:41.999
पच्चिस वर्ष पुगेकोमा ।
87
00:04:42.000 --> 00:04:43.999
भविष्यको अपरेटिङ् सिस्टम ।
88
00:04:44.000 --> 00:04:45.999
स्वतन्त्रता !
89
00:04:53.000 --> 00:04:54.999
चकलेट जस्तै मीठो ।
90
00:04:55.000 --> 00:04:56.999
विश्वको सबैभन्दा गज्जबको अपरेटिङ् सिस्टम ...
91
00:04:57.000 --> 00:04:58.999
र यो सब खुल्ला छ, स्वतन्त्र छ ।
92
00:05:49.000 --> 00:05:50.999
Caption: Bibek Paudel, Ankur Sharma, Shankar Pokharel